धनगढी, १४ जेठ २०७८
नेपाल चिकित्सक संघ धनगढीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ ।
‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं’ महासचिव डा. कपिल गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको दिनलाई कालो दिन घोषणा गर्दै शुक्रबार कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघ धनगढीले जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि आक्रमणजस्तो आपराधिक घटनामा संलग्नलाई कडा कारबाही गर्ने र ‘Jail without Bail’ तुरुन्त लागू गरियोस भन्ने अपिलका साथै यस प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी साथीहरुले आ-आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पर्याप्त सुरक्षा व्यवस्था मिलाई कामकाज गर्ने बाताबरण बनाउन लिखित निवेदन दिनुहुन संघका अध्यक्ष डा.प्रदिप मिश्रले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
Comments 2