काठमाडौं, ३ जेठ २०७८
नेपाल चिकित्सक संघले नक्साल स्थित अग्रवाल भवनमा कोरोना संक्रमित उपचारमा खटिएका चिकित्सकहरुको सुरक्षाका लागि १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन सेन्टरको सञ्चालन गरेका छन्।
अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको सहकार्यमा क्वारेन्टाइन सेन्टरको सन्चालन गरिएको संघका महासचिव डा. रिजालले जानकारी दिनुभयो।
क्वारेन्टाइन सञ्चालनका लागि नेपाल चिकित्सक संघका तर्फबाट केन्द्रिय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा केन्द्रिय सदस्य डा. रितेश थापा र वरिष्ठ प्रशासकिय अधिकृत मिलन चन्द्र खनाल रहेको कमिटी समेत गठन गरिएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिएका छन् ।
क्वारेन्टीनमा बस्ने चिकित्सकका लागि दिनमा ४ पटक स्वस्थ्य खाना उपलब्ध हुनेछ । केही समयपछि सञ्चालन हुने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्य परिक्षणको व्यवस्था गरिने डा. जोशीले बताउनुभयो।
डा.जोशीले उक्त क्वारेन्टाइन र आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेको बताए।
Comments 1