Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2022
in News
Reading Time: 1 min read
A A
0
नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना
608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३ भाद्र २०७९

नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्थापना भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा अस्पतालको ६३ औं वार्षिकोत्सव पारेर देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी छिन्।

यस बैंकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँनेछ।

Welcome to bidhya devi

हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिने गरेका छन्। नेपाल जस्ता निम्न–मध्यम आय भएका देशहरूमा करिब ८१,००० शिशु समय नपुग्दै जन्मिन्छन्। शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन्।

सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ। त्यस्तै, शिशु मृत्यु दर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर प्रति १००० जीवित जन्ममा २८ छ।

Consultant

आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्धत पुर्‍याउँछ। पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्छ। यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ।

नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरू मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ।

अस्पतालका निर्देशक डा. अमित बाबु श्रेष्ठले भने; समय नपुगि जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम हुन्छ। यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ। प्रायजसो यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दुध निकालेर खुवाउनु हो, सम्भव भए सम्म आफ्नै आमाको दूध खुवाउनु पर्ने डा. श्रेष्ठले बताउनुभयो।

जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ। बट्टाको दूध खुवाइएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ। यस्तोमा उनीहरूलाई बट्टाको दूधको साटो दान गरिएको अरु आमाको दूध खुवाउन सकिए बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिने पनि डा. श्रेष्ठले बताए।

Dr. Amir babu Shrestha

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ। यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो।

नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजका अनुसार बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न यूरोपियन युनियन, लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रूपमा काम गर्दै आएको छ। यसै अन्तर्गत स्तनपान प्रवर्धन पनि एक प्रमुख क्षेत्र रहँदै आएको छ।

सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

‘नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित छ।

Tags: Corona Virus #Covid19Dr. Amirbabu shresthaHuman milk BankParopakar maternity and women hospital thapathali KathmanduVidhya Devi bhandari
SummarizeShare255ScanTweet147

Related articles

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

by Nam Raj Bhatta
August 8, 2026
0

फ्रन्टलाइन हस्पिटलले पहिलोपटक आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हार्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.