आज मिति : २०८२ मंसिर १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2022
in News
A A
0
नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३ भाद्र २०७९

नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्थापना भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा अस्पतालको ६३ औं वार्षिकोत्सव पारेर देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी छिन्।

यस बैंकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँनेछ।

Welcome to bidhya devi

हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिने गरेका छन्। नेपाल जस्ता निम्न–मध्यम आय भएका देशहरूमा करिब ८१,००० शिशु समय नपुग्दै जन्मिन्छन्। शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन्।

सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ। त्यस्तै, शिशु मृत्यु दर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर प्रति १००० जीवित जन्ममा २८ छ।

Consultant

आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्धत पुर्‍याउँछ। पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्छ। यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ।

नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरू मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ।

अस्पतालका निर्देशक डा. अमित बाबु श्रेष्ठले भने; समय नपुगि जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम हुन्छ। यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ। प्रायजसो यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दुध निकालेर खुवाउनु हो, सम्भव भए सम्म आफ्नै आमाको दूध खुवाउनु पर्ने डा. श्रेष्ठले बताउनुभयो।

जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ। बट्टाको दूध खुवाइएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ। यस्तोमा उनीहरूलाई बट्टाको दूधको साटो दान गरिएको अरु आमाको दूध खुवाउन सकिए बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिने पनि डा. श्रेष्ठले बताए।

Dr. Amir babu Shrestha

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ। यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो।

नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजका अनुसार बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न यूरोपियन युनियन, लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रूपमा काम गर्दै आएको छ। यसै अन्तर्गत स्तनपान प्रवर्धन पनि एक प्रमुख क्षेत्र रहँदै आएको छ।

सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

‘नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित छ।

Tags: Corona Virus #Covid19Dr. Amirbabu shresthaHuman milk BankParopakar maternity and women hospital thapathali KathmanduVidhya Devi bhandari
Nisarga hospital Dhangadhi
Previous Post

बैतडीको कारागार भित्र फैलियो कोरोना संक्रमण

Next Post

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

Related articles

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

22 hours ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

1 day ago
778
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

2 days ago
812
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

3 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

6 days ago
866
बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

6 days ago
826
Next Post
ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...