काठमाडौं, १० असोज २०७९
नेपालको महान् चाड विजयादशमीको आज पहिलो दिन घटस्थापना हो। चाडबाड नजिकिदै गर्दा बजारमा देखिएको भिडभाडमा मास्क लगाउन नितान्त आवश्यक छ।
मास्क लगाउन ४ कुरामा जरुरी देखिन्छ।
१) मास्क नलगाएको संक्रमण व्यक्ति र मास्क नलगाएको स्वस्थ व्यक्ति विच ९० प्रतिशत संक्रमणको सम्भावना हुन्छ।
२) मास्क नलगाएको संक्रमण व्यक्ति र मास्क लगाएको स्वस्थ व्यक्ति विच ७० प्रतिशत संक्रमणको सम्भावना हुन्छ।
३) मास्क लगाएको संक्रमण व्यक्ति र मास्क नलगाएको स्वस्थ व्यक्ति विच ५ प्रतिशत संक्रमणको सम्भावना हुन्छ।
४) मास्क लगाएको संक्रमण व्यक्ति र मास्क लगाएको स्वस्थ व्यक्ति विच १.५ प्रतिशत संक्रमणको सम्भावना हुन्छ।
यसकारण हामी सबैले मास्क लगाऔं र भौतिक दुरी कायम गरौं । कोरोना संक्रमण बाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं। माया बाडौं, कोरोना हैन।
युएसएडी अमेरिकी जनताबाट र सुआहारा बाट जनहितमा जारी सन्देश।