काठमाडौं, ८ असार २०८०
मनसुन मौसमी प्रणाली देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गर्दै मनसुन प्रणाली नेपालभर फैलिएको जानकारी दिएको हो।
मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन (असार ८ देखि १०) सम्म देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
जसका कारण बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहाव प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ।