धनगढी, १२ बैसाख २०७९
“औलोको भार कम गर्न नयापनमा जोड दिउ र जीवन बचाउ” भन्ने मूल नाराका साथ बर्ष २०७९को औलो दिवस मनाउने काम सम्पन्न भएको छ ।
हरेक बर्ष २५ अप्रिलका दिन विश्व स्वास्थ्य संगठनले औँलो दिवस मनाउँदै आइरहेको छ । सोहि अनुसार नेपालमा पनि सन् २००७ देखि विश्व औँलो दिवस मनाउने काम भईरहेको कुरा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
नेपालमा सन् २०१४ देखि सन २०२५ सम्ममा औँलो रोग निवारणका लागि रणनीतिक योजना बनेको छ । उक्त रणनीतिक योजना अनुसार सन् २०२५ सम्ममा नेपालबाट औँलो निवारण गरि सक्नुपर्ने नेपाल सरकारको लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिको लागि बिभिन्न क्रियाकलाप सम्पादन हुँदै आइरहेका छन् । जसमध्ये जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुको औलो परीक्षण गरि पत्ता लागेका बिरामी हरुलाई उपचार गर्ने पनि प्रमुख काम हो ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीले बर्ष २०७९ को औलो दिवस स्वास्थ्य कार्यालय कन्चनपुरको समन्वय र कृष्णपुर स्वास्थ्य चौकी कन्चनपुरको प्राबिधिक सहयोगमा औलोको जोखिम क्षेत्र कृष्णपुर नगरपालिका वडा न ०४ किचाइमा इटाभट्टामा काम गर्ने मजदुर सहित अन्य संकास्पद ५५ जनाको औँलो परीक्षण गरि कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त परीक्षणमा जांच गरेका कुनै पनि व्यक्तिमा औलो रोग देखा नपरेको कुरा स्वास्थ्य निर्देशनालय दिपायल डोटीमा कार्यरत भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिनु भएको छ ।