आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाललाई कसरी बलियो बनाउन सकिएला त?

HNN Staff by HNN Staff
April 6, 2022
in News
A A
0
Programs of Baliyo Nepal Nutrition Initiatives

Programs of Baliyo Nepal Nutrition Initiatives

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपाललाई कसरी बलियो बनाउन सकिएला त?

उत्तरहरू धेरै हुन सक्लान्, ती मध्ये एक उत्तर हामी नेपालीहरूको पोषण अवस्थाको सुधार गर्नु पनि हो ।

नेपालमा एकतिहाई बालबालिकाहरु पुड्कोपना, प्रत्येक १० जनामा १ जना बालबालिका ख्याउटेपना, त्यसैगरी लगभग प्रत्येक १० जनामा ४ जना प्रजनन उमेरका महिलाहरु रक्तअल्पता बाट ग्रसित छन्, जसले गर्दा राष्ट्रले प्रत्येक वर्ष २-३ प्रतिशत कुल ग्राहस्थ उत्पादन गुमाइ रहेको छ । मातृ, शिशु, बालबालिका तथा किशोर किशोरीमा देखिएको कुपोषण न्यूनीकरण गर्दै समग्र देशको पोषण अवस्था सुधार्नका लागि नेपाल सरकारले राष्ट्रियस्तरको बहुक्षेत्रीय पोषण योजना कार्यान्व्यनमा ल्याएको छ ।

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ (BNNI) नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर नाफामुलक संस्था हो । बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले बलियो नेपाल अभियान अन्तर्गत आम नेपालीहरुको पोषण अभियान सुधारका लागि

  1. खाद्य फोर्टीफिकेसन (food fortification)
  2. सचेतना तथा जागरण कार्यक्रम
  3. खेलकुद तथा
  4. जीविकोपार्जन उत्थान कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

बलियो नेपाल निजि क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा आम नेपाली समुदायको सामुहिक योगदानबाट नेपालमा कुपोषण न्यूनीकरण तथा सन् २०३० सम्म दिर्घ कुपोषणलाई १५% मा झार्ने दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारी प्रतिबद्धतामा योगदान गर्न सुरुवात गरिएको एउटा राष्ट्रिय अभियान हो ।

यस संस्थाको दीर्घकालिन सोच नेपालमा व्याप्त दिर्घ कुपोषणलाई न्यूनीकरण गर्न दिगो विकास लक्ष्य तथा बहुक्षेत्रीय पोषण योजनामा योगदान गर्दै सन् २०३९ सालसम्ममा क्रिकेट विश्वकप जित्ने रहेको छ ।

Food and non-food partners of Baliyo Nepal Nutrition Initiatives
Food and non-food partners of Baliyo Nepal Nutrition Initiatives

बलियो नेपाल अभियानमा साझेदारिता

BNNI ले पौष्टिक र फोर्टीफाईड (भिटामिन तथा मिनरल थप गरिएको) खाद्यपदार्थको सहज तथा सुलभ उपलब्धता सुनिश्चीत गर्नका लागि निजी क्षेत्र (खाद्य उद्योग) सँग सहकार्य गर्दछ । यसले प्रत्येक नागरिकलाई कुपोषण विरुद्धको अभियानमा सहभागी गराउन सरकारी निकाय, गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू, नागरिक समाज र सम्मानित राष्ट्रिय व्यक्तित्वहरूसँग मिलेर सामाजिक बजारीकरण र व्यवहार परिवर्तनका लागि राष्ट्रिय स्तरका आम संचार माध्यमहरुमा सचेतना र जागरण अभियानका कार्यक्रमहरु संचालन गर्ने छ ।

बलियो नेपालले, पोषणको लागि निजि क्षेत्र तथा व्यवसायीहरुको विश्वव्यापी मंच, सन बिजनेस नेटवर्क (SUN Business Network) सँगको सहकार्यमा पनि काम गर्दछ । सन बिजनेस नेटवर्कले विकासोन्मुख बजारमा पौष्टिक तथा सुरक्षित खानाको दिगो उपलब्धतता तथा उपभोग्यतामा सुधार ल्याउन र पौष्टिक तथा गुणस्तरीय खाद्यपदार्थ उत्पादनमा काम गर्न, लगानी गर्न, र नयाँ खोज गर्न (act, invest and innovate) का लागि व्यवसायीहरुलाई प्रेरित तथा परिचालित गर्दछ ।

अहिले सम्म बलियो नेपालले ४ वटा ठुला (२ खाद्य/२ अन्डा) उत्पादक कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । उक्त कम्पनीहरुले उच्च गुणस्तरको फोर्टीफाईड तथा पोषणयुक्त खाद्यपदार्थ (अण्डा र बलियो लिटो) दुवैको बजार विस्तार गर्नुका लागि यी खाद्यवस्तुहरुलाई सस्तो मूल्यमा न्यून आय वर्ग माझ थप पहुँच बढाइ कुपोषण न्यूनीकरण गर्ने अभियानमा सहयोगी भूमिका खेलिरहेका छन् ।

निजि क्षेत्रका अन्य कम्पनीहरूले पनि पोषण सम्बन्धि जनचेतनामुलक सूचना तथा संदेश आम जनसमुदायमा प्रवाह गर्न सहयोगी भूमिका खेल्दै बलियो नेपाल अभियानका अन्य गतिविधिहरुमा पनि योगदान गरिरहेका छन् ।

बलियो लिटो ६-२३ महिनाका बालबालिकाहरुका लागि तयार पारिएको फोर्टीफाईड पुरक आहार हो । यो लिटो २५ ग्रामको प्याकेटमा उपलब्ध छ र यो प्याकेटले बालबालिकाको दिनभरी को करिब ३० % सुक्ष्म पोषक तत्वको  आवशयकता (RNI) पुरा गर्छ । बलियो नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्ड सरकारको स्वस्थ खानेकुराहरुको बर्गिकरण गर्ने प्रणाली (Health Star Rating) अबलम्बन गरेको छ र बलियो नेपालको लोगो भएका खानेकुराहरु ३ तारा वा सो भन्दा माथिको श्रेणी पाएका हुन्छन ।

अन्डामा बालबालिकाको शारीरिक तथा वौद्धिक वृद्धी विकासका लागि चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइने हुनाले यसलाई पूर्ण खानाको रुपमा लिइन्छ । यो बनाउन सजिलो तथा सबै उमेर समुहका व्यक्तिहरुको लागि उपयुक्त हुन्छ  । बजारमा अन्डाको माग धेरै नै छ तर आपूर्ति त्यस अनुरुप नभएको हुँदा BNNI ले बजारमा अण्डाको उपलब्धता बढाउन नेपालका दुई प्रमुख अण्डा उत्पादक कम्पनीसँग साझेदारी गरेको छ ।

बलियो नेपाल अभियान अन्तर्गत आगामी दिनमा BNNI ले खाद्य उद्योगहरुसँग मिलेर बालबालिका र गर्भवती तथा सुत्केरी महिलाका लागि पनि पौष्टिक तथा फोर्टीफाइड खाद्यपदार्थ बजारमा सर्वसुलभ रुपमा उपलब्ध गराउँदै छ ।

Fortified foods in Nepal
Fortified foods in Nepal

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभका कार्यक्रमहरु

बालियो नेपाल अभियानको पहिलो चरणमा लुम्बिनी प्रदेशका विभिन्न समुदायहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ ४२६ महिला स्वास्थ्य स्वयंसेवीकाहरू (FCHVs) लाई फोर्टिफाइड खानाका बारेमा सीप विकास तालिम, १२६० विद्यार्थीहरूलाई पोषण तथा क्रिकेट क्लबमार्फत पोषण र खेलकुदका बारेमा सचेतना कार्यक्रम र खुद्रा ब्यापारीहरु माझ फोर्टिफाइड खाना तथा पोषण बारे जागरण गर्दै बलियो नेपाल अभियान मार्फत पोषण प्रबर्धन गरिएको थियो । त्यसैगरि ग्रास रूट क्रिकेटलाई प्रवर्द्धन गर्ने र खेलकुद र पोषण बिचको अन्तरसम्बन्ध स्थापित गर्ने मुख्य उद्देश्यकासाथ युवा प्रतिभा विकास कार्यक्रम अन्तर्गत बलियो नेपाल कप २०२१ आयोजना गरिएको थियो ।

Promoting young talent for Baliyo Nepal Cricket Cup
Promoting young talent for Baliyo Nepal Cricket Cup

कोभिड महामारीमा बलियो नेपाल

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले आफ्नो नियमित कार्यक्रम संगै मानवीय कार्यमा समेत संलग्न रहेको छ । कोभिड-१९ को महामारीमा बलियो नेपाल पोषण अभियानले लुम्बिनी प्रदेशका १२ वटा कोभिड प्रभावित स्थानीय तहका बालबालिकाहरुमा देखिन सक्ने शिघ्र कुपोषणको जोखिमलाई न्यूनिकरण गर्न ६–२३ महिनाका २० हजार भन्दा बढी बालबालिकालाई “पोषण सहायता” कार्यक्रम अन्तर्गत निजी संस्थाहरूसँग साझेदारी गरि फोर्टिफाइड पूरक खाना वितरण गरेको थियो ।

Nutrition Assistance Program by Baliyo Nepal
Nutrition Assistance Program by Baliyo Nepal

आगामी बाटो

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले बलियो नेपाल अभियानलाई २०२१ बाट लुम्बिनी प्रदेशका साथै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरि थप ४ वटा प्रदेशमा विस्तार गरेको छ ।

BNNI ले ५ वटै प्रदेशमा फोर्टीफाईड खाद्यपदार्थ उपलब्ध हुने खुद्रा पसलहरूका विक्रेताहरुलाई पोषण तथा फोर्टीफाईड खाद्यपदार्थ बारे अभिमुखीकरण गर्ने र आफ्नो ब्रान्ड स्थापित गर्न बलियो नेपालका प्रचार सामाग्रीहरु राखेर बलियो पसल को रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । बलियो पसलको ब्रान्डिङ र अभिमुखीकरणका साथसाथै राष्ट्रिय तथा स्थानीय स्तरका रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, पत्रपत्रिका तथा अन्य सञ्चारका माध्यमबाट आम नेपालीहरुलाई पोषण तथा फोर्टीफाईड खाद्यपदार्थ बारे जागरुक गराउने कार्यक्रम पनि अभियानमा समावेश छन् ।

BNNI ले नेपाल क्रिकेट संघ (क्यान) र ५ वटै प्रदेशका प्रमुख क्रिकेट एकेडेमीहरूसँगको साझेदारीमा नेपालको ग्रासरुट क्रिकेटको उत्थान गर्न युवा प्रतिभा विकास कार्यक्रम तथा बलियो नेपाल कप आयोजना गर्नेछ । BNNI ले साझेदार संस्थाहरुसँग समन्वय गरि कृषि तथा वित्तीय साक्षरताको माध्यमबाट बलियो महिला कार्यक्रम अन्तर्गत महिला उद्यमीहरूलाई सक्षम बनाउन उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउनेछ ।

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ आफ्ना कार्यक्रमहरुको निरन्तर अनुगमन र मूल्याङ्कनको आधारमा सिकाइलाई केन्द्रित गर्नेछ र सोहि अनुरुप आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्नेछ । BNNI साझेदारी र सहकार्यको बलियो आधारमा उभिएको यस अभियान दिगो तथा आत्मनिर्भर हुनुका साथै देशव्यापी रुपमा सफल हुन्छ भन्ने विश्वास राख्छ । बलियो नेपाल अभियानको प्रारम्भिक नतिजाकै अधारमा पोषण अवस्थामा दिर्घकालिन प्रभाव मापन गर्नु चुनौतिपूर्ण  भए पनि आम नेपाली जनतामा पौष्टिक र फोर्टीफाईड खाद्यपदार्थहरु उपभोग गर्ने बानीको परिवर्तन हुन्छ भनेर चाहिँ अवश्य भन्न सकिन्छ ।

आम नेपाली जनतामा पौष्टिक र फोर्टीफाईड खाद्यपदार्थहरु उपभोग गर्ने बानीको विकास गर्नुका साथै बजारमा उक्त खाद्यपदार्थहरुको उपलब्धता सुनिश्चीत गर्दै कुपोषण विरुद्ध एउटा आत्मनिर्भर अभियान निर्माणको भुमिका खेल्न बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ हरेक व्यक्ति तथा संस्था, खासगरी नीजि क्षेत्रलाई यस अभियानमा सहभागी हुन आहवान गर्दछ ।


कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान

Tags: Baliyo NepalFood fortificationMultisector Nutritionnutrition
Nisarga hospital Dhangadhi
Previous Post

सिभिल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. गिरी र सुदुरपश्चिम संयोजकमा डा. जोशी चयन

Next Post

स्वास्थ्यको एघारौं तहको प्रमुख कन्सलटेन्ट अर्थोपेडिकमा डा. बद्री रिजाल सिफारिस

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

11 hours ago
777
नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

3 days ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

3 days ago
779
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

3 days ago
816
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

5 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

1 week ago
868
Next Post
स्वास्थ्यको एघारौं तहको प्रमुख कन्सलटेन्ट अर्थोपेडिकमा डा. बद्री रिजाल सिफारिस

स्वास्थ्यको एघारौं तहको प्रमुख कन्सलटेन्ट अर्थोपेडिकमा डा. बद्री रिजाल सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...