Magnus pharma
आज: २०८२ चैत्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाललाई कसरी बलियो बनाउन सकिएला त?

HNN Staff by HNN Staff
April 6, 2022
in News
Reading Time: 2 mins read
A A
0
Programs of Baliyo Nepal Nutrition Initiatives

Programs of Baliyo Nepal Nutrition Initiatives

611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपाललाई कसरी बलियो बनाउन सकिएला त?

उत्तरहरू धेरै हुन सक्लान्, ती मध्ये एक उत्तर हामी नेपालीहरूको पोषण अवस्थाको सुधार गर्नु पनि हो ।

नेपालमा एकतिहाई बालबालिकाहरु पुड्कोपना, प्रत्येक १० जनामा १ जना बालबालिका ख्याउटेपना, त्यसैगरी लगभग प्रत्येक १० जनामा ४ जना प्रजनन उमेरका महिलाहरु रक्तअल्पता बाट ग्रसित छन्, जसले गर्दा राष्ट्रले प्रत्येक वर्ष २-३ प्रतिशत कुल ग्राहस्थ उत्पादन गुमाइ रहेको छ । मातृ, शिशु, बालबालिका तथा किशोर किशोरीमा देखिएको कुपोषण न्यूनीकरण गर्दै समग्र देशको पोषण अवस्था सुधार्नका लागि नेपाल सरकारले राष्ट्रियस्तरको बहुक्षेत्रीय पोषण योजना कार्यान्व्यनमा ल्याएको छ ।

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ (BNNI) नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर नाफामुलक संस्था हो । बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले बलियो नेपाल अभियान अन्तर्गत आम नेपालीहरुको पोषण अभियान सुधारका लागि

  1. खाद्य फोर्टीफिकेसन (food fortification)
  2. सचेतना तथा जागरण कार्यक्रम
  3. खेलकुद तथा
  4. जीविकोपार्जन उत्थान कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

बलियो नेपाल निजि क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा आम नेपाली समुदायको सामुहिक योगदानबाट नेपालमा कुपोषण न्यूनीकरण तथा सन् २०३० सम्म दिर्घ कुपोषणलाई १५% मा झार्ने दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारी प्रतिबद्धतामा योगदान गर्न सुरुवात गरिएको एउटा राष्ट्रिय अभियान हो ।

यस संस्थाको दीर्घकालिन सोच नेपालमा व्याप्त दिर्घ कुपोषणलाई न्यूनीकरण गर्न दिगो विकास लक्ष्य तथा बहुक्षेत्रीय पोषण योजनामा योगदान गर्दै सन् २०३९ सालसम्ममा क्रिकेट विश्वकप जित्ने रहेको छ ।

Food and non-food partners of Baliyo Nepal Nutrition Initiatives
Food and non-food partners of Baliyo Nepal Nutrition Initiatives

बलियो नेपाल अभियानमा साझेदारिता

BNNI ले पौष्टिक र फोर्टीफाईड (भिटामिन तथा मिनरल थप गरिएको) खाद्यपदार्थको सहज तथा सुलभ उपलब्धता सुनिश्चीत गर्नका लागि निजी क्षेत्र (खाद्य उद्योग) सँग सहकार्य गर्दछ । यसले प्रत्येक नागरिकलाई कुपोषण विरुद्धको अभियानमा सहभागी गराउन सरकारी निकाय, गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू, नागरिक समाज र सम्मानित राष्ट्रिय व्यक्तित्वहरूसँग मिलेर सामाजिक बजारीकरण र व्यवहार परिवर्तनका लागि राष्ट्रिय स्तरका आम संचार माध्यमहरुमा सचेतना र जागरण अभियानका कार्यक्रमहरु संचालन गर्ने छ ।

बलियो नेपालले, पोषणको लागि निजि क्षेत्र तथा व्यवसायीहरुको विश्वव्यापी मंच, सन बिजनेस नेटवर्क (SUN Business Network) सँगको सहकार्यमा पनि काम गर्दछ । सन बिजनेस नेटवर्कले विकासोन्मुख बजारमा पौष्टिक तथा सुरक्षित खानाको दिगो उपलब्धतता तथा उपभोग्यतामा सुधार ल्याउन र पौष्टिक तथा गुणस्तरीय खाद्यपदार्थ उत्पादनमा काम गर्न, लगानी गर्न, र नयाँ खोज गर्न (act, invest and innovate) का लागि व्यवसायीहरुलाई प्रेरित तथा परिचालित गर्दछ ।

अहिले सम्म बलियो नेपालले ४ वटा ठुला (२ खाद्य/२ अन्डा) उत्पादक कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । उक्त कम्पनीहरुले उच्च गुणस्तरको फोर्टीफाईड तथा पोषणयुक्त खाद्यपदार्थ (अण्डा र बलियो लिटो) दुवैको बजार विस्तार गर्नुका लागि यी खाद्यवस्तुहरुलाई सस्तो मूल्यमा न्यून आय वर्ग माझ थप पहुँच बढाइ कुपोषण न्यूनीकरण गर्ने अभियानमा सहयोगी भूमिका खेलिरहेका छन् ।

निजि क्षेत्रका अन्य कम्पनीहरूले पनि पोषण सम्बन्धि जनचेतनामुलक सूचना तथा संदेश आम जनसमुदायमा प्रवाह गर्न सहयोगी भूमिका खेल्दै बलियो नेपाल अभियानका अन्य गतिविधिहरुमा पनि योगदान गरिरहेका छन् ।

बलियो लिटो ६-२३ महिनाका बालबालिकाहरुका लागि तयार पारिएको फोर्टीफाईड पुरक आहार हो । यो लिटो २५ ग्रामको प्याकेटमा उपलब्ध छ र यो प्याकेटले बालबालिकाको दिनभरी को करिब ३० % सुक्ष्म पोषक तत्वको  आवशयकता (RNI) पुरा गर्छ । बलियो नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्ड सरकारको स्वस्थ खानेकुराहरुको बर्गिकरण गर्ने प्रणाली (Health Star Rating) अबलम्बन गरेको छ र बलियो नेपालको लोगो भएका खानेकुराहरु ३ तारा वा सो भन्दा माथिको श्रेणी पाएका हुन्छन ।

अन्डामा बालबालिकाको शारीरिक तथा वौद्धिक वृद्धी विकासका लागि चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइने हुनाले यसलाई पूर्ण खानाको रुपमा लिइन्छ । यो बनाउन सजिलो तथा सबै उमेर समुहका व्यक्तिहरुको लागि उपयुक्त हुन्छ  । बजारमा अन्डाको माग धेरै नै छ तर आपूर्ति त्यस अनुरुप नभएको हुँदा BNNI ले बजारमा अण्डाको उपलब्धता बढाउन नेपालका दुई प्रमुख अण्डा उत्पादक कम्पनीसँग साझेदारी गरेको छ ।

बलियो नेपाल अभियान अन्तर्गत आगामी दिनमा BNNI ले खाद्य उद्योगहरुसँग मिलेर बालबालिका र गर्भवती तथा सुत्केरी महिलाका लागि पनि पौष्टिक तथा फोर्टीफाइड खाद्यपदार्थ बजारमा सर्वसुलभ रुपमा उपलब्ध गराउँदै छ ।

Fortified foods in Nepal
Fortified foods in Nepal

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभका कार्यक्रमहरु

बालियो नेपाल अभियानको पहिलो चरणमा लुम्बिनी प्रदेशका विभिन्न समुदायहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ ४२६ महिला स्वास्थ्य स्वयंसेवीकाहरू (FCHVs) लाई फोर्टिफाइड खानाका बारेमा सीप विकास तालिम, १२६० विद्यार्थीहरूलाई पोषण तथा क्रिकेट क्लबमार्फत पोषण र खेलकुदका बारेमा सचेतना कार्यक्रम र खुद्रा ब्यापारीहरु माझ फोर्टिफाइड खाना तथा पोषण बारे जागरण गर्दै बलियो नेपाल अभियान मार्फत पोषण प्रबर्धन गरिएको थियो । त्यसैगरि ग्रास रूट क्रिकेटलाई प्रवर्द्धन गर्ने र खेलकुद र पोषण बिचको अन्तरसम्बन्ध स्थापित गर्ने मुख्य उद्देश्यकासाथ युवा प्रतिभा विकास कार्यक्रम अन्तर्गत बलियो नेपाल कप २०२१ आयोजना गरिएको थियो ।

Promoting young talent for Baliyo Nepal Cricket Cup
Promoting young talent for Baliyo Nepal Cricket Cup

कोभिड महामारीमा बलियो नेपाल

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले आफ्नो नियमित कार्यक्रम संगै मानवीय कार्यमा समेत संलग्न रहेको छ । कोभिड-१९ को महामारीमा बलियो नेपाल पोषण अभियानले लुम्बिनी प्रदेशका १२ वटा कोभिड प्रभावित स्थानीय तहका बालबालिकाहरुमा देखिन सक्ने शिघ्र कुपोषणको जोखिमलाई न्यूनिकरण गर्न ६–२३ महिनाका २० हजार भन्दा बढी बालबालिकालाई “पोषण सहायता” कार्यक्रम अन्तर्गत निजी संस्थाहरूसँग साझेदारी गरि फोर्टिफाइड पूरक खाना वितरण गरेको थियो ।

Nutrition Assistance Program by Baliyo Nepal
Nutrition Assistance Program by Baliyo Nepal

आगामी बाटो

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभले बलियो नेपाल अभियानलाई २०२१ बाट लुम्बिनी प्रदेशका साथै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरि थप ४ वटा प्रदेशमा विस्तार गरेको छ ।

BNNI ले ५ वटै प्रदेशमा फोर्टीफाईड खाद्यपदार्थ उपलब्ध हुने खुद्रा पसलहरूका विक्रेताहरुलाई पोषण तथा फोर्टीफाईड खाद्यपदार्थ बारे अभिमुखीकरण गर्ने र आफ्नो ब्रान्ड स्थापित गर्न बलियो नेपालका प्रचार सामाग्रीहरु राखेर बलियो पसल को रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । बलियो पसलको ब्रान्डिङ र अभिमुखीकरणका साथसाथै राष्ट्रिय तथा स्थानीय स्तरका रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, पत्रपत्रिका तथा अन्य सञ्चारका माध्यमबाट आम नेपालीहरुलाई पोषण तथा फोर्टीफाईड खाद्यपदार्थ बारे जागरुक गराउने कार्यक्रम पनि अभियानमा समावेश छन् ।

BNNI ले नेपाल क्रिकेट संघ (क्यान) र ५ वटै प्रदेशका प्रमुख क्रिकेट एकेडेमीहरूसँगको साझेदारीमा नेपालको ग्रासरुट क्रिकेटको उत्थान गर्न युवा प्रतिभा विकास कार्यक्रम तथा बलियो नेपाल कप आयोजना गर्नेछ । BNNI ले साझेदार संस्थाहरुसँग समन्वय गरि कृषि तथा वित्तीय साक्षरताको माध्यमबाट बलियो महिला कार्यक्रम अन्तर्गत महिला उद्यमीहरूलाई सक्षम बनाउन उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउनेछ ।

बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ आफ्ना कार्यक्रमहरुको निरन्तर अनुगमन र मूल्याङ्कनको आधारमा सिकाइलाई केन्द्रित गर्नेछ र सोहि अनुरुप आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्नेछ । BNNI साझेदारी र सहकार्यको बलियो आधारमा उभिएको यस अभियान दिगो तथा आत्मनिर्भर हुनुका साथै देशव्यापी रुपमा सफल हुन्छ भन्ने विश्वास राख्छ । बलियो नेपाल अभियानको प्रारम्भिक नतिजाकै अधारमा पोषण अवस्थामा दिर्घकालिन प्रभाव मापन गर्नु चुनौतिपूर्ण  भए पनि आम नेपाली जनतामा पौष्टिक र फोर्टीफाईड खाद्यपदार्थहरु उपभोग गर्ने बानीको परिवर्तन हुन्छ भनेर चाहिँ अवश्य भन्न सकिन्छ ।

आम नेपाली जनतामा पौष्टिक र फोर्टीफाईड खाद्यपदार्थहरु उपभोग गर्ने बानीको विकास गर्नुका साथै बजारमा उक्त खाद्यपदार्थहरुको उपलब्धता सुनिश्चीत गर्दै कुपोषण विरुद्ध एउटा आत्मनिर्भर अभियान निर्माणको भुमिका खेल्न बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ हरेक व्यक्ति तथा संस्था, खासगरी नीजि क्षेत्रलाई यस अभियानमा सहभागी हुन आहवान गर्दछ ।


http://4.188.83.218/static/3592.jpgnutrition/baliyo-nepal-samuhik-abhiyan/

Tags: Baliyo NepalFood fortificationMultisector Nutritionnutrition
SummarizeShare260ScanTweet146

Related articles

डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
April 11, 2026
0

निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. मेराज आलम अन्सारीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ। स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित भई सेवा प्रदान गर्दै आएका चिकित्सकहरूको...

नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन

नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन

by Nam Raj Bhatta
April 10, 2026
0

नेपालमा शल्यक्रिया बिना नै गरिने अत्याधुनिक उपचार पद्धति 'इन्टरभेन्सनल रेडियोलोजी' (IR) लाई नयाँ उचाइमा पुर्‍याउन 'नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी' (NSVIR) ले एक शक्तिशाली र समावेशी...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै

by Nam Raj Bhatta
April 8, 2026
0

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन यही चैत्र २७ देखि शुरु हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा पर्सि देखि शुरु हुने स्वास्थ्य तथा जनसंख्या...

धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
April 8, 2026
0

धौलागिरी प्रादेशिक अस्पतालमा हालै एक अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न भएको छ। जसले अस्पतालको आपतकालीन सेवा र सर्जिकल टिमको उच्च दक्षता पुनः प्रमाणित गरेको छ। एक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    675 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित
  • नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन
  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.