ललितपुर, २५ असार २०७९
सोमबार महालक्ष्मी नगरपालिकाले लुभुमा बडा नं ८ का अध्यक्ष विश्व राज श्रेष्ठको अध्यक्षतामा मुख्य सरोकारवाला सँग हालै फैलिएको हैजा रोग बाट बच्ने उपाय र सरोकारवालाले खेल्ने भूमिका बारे छलफल गरेक छन।
कार्यक्रममा लुभु प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल सुपरिटेन्डेन्ट डा. नारायण कंडेलले हालै देशभर फैलिएको हैजा रोगबाट बच्ने उपायहरु विस्तृत रुपमा बताउनुभयो।
सो अवसरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली तथा सह संयोजक भरत बोहोराले स्थानीय तह, जनपरिचालन गरी झाडापखाला तथा अन्य पानी जन्य रोगबाट बच्न जनचेतना फैलाउनुमा प्रकाश पार्नुभयो।
कार्यक्रममा स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक टेक राज ओझा लगायत अन्यकर्मचारीको समेत उपस्थिति रहेको थियो।
यस्तैगरि बीमा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य यम बहादुर श्रेष्ठले खानेपानी संरक्षणमा गरेको प्रयास समेत औल्याउनु भयो।