✍️ सुरेश बास्कोटा
ललितपुर, ७ असार २०७९
नेपालका २७ वटा जिल्लामा ५ वर्ष देखि ११ वर्ष मुनिका बालबालिकालाई कोभिड – १९ बिरुद्धको फाइजर खोप पहिलो चरणमा असार ९ गते देखि १५ गते सम्म दिइने भएको छ।
महालक्ष्मी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई फाइजर खोप सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो।
नगरपालिकाका नगरप्रमुख हरि गोविन्द श्रेष्ठ ज्यूको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवाली तथा स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।
सो कार्यक्रममा नगरप्रमुख हरि गोविन्द श्रेष्ठले कोभिडको जोखिम न्यूनीकरण गर्न रात दिन नभनी खटिरहनु भएका स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै स्वास्थ्य मनोबल उच्च राख्न जनसेवामा समर्पित स्वास्थ्यकर्मीलाई कामको मुल्यांकनको आधारमा प्रोत्साहन गराउनु पर्ने बिचार व्यक्त गर्नुभयो।
स्वास्थ्य शाखाका प्रमुख हिमलाल ज्ञवालले ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोपको उद्देश्य सहित व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नुभयो।
कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भरत बोहरा र स्वास्थ्य कार्यालय ललितपुरका नर्सिङ अधिकृतले गर्नु भएको थियो। असार ९ गते देखि संचालन हुने खोप कार्यक्रमको लक्षित जनसंख्या १७ हजार रहेको छ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय ललितपुरको सँयुक्त आयोजनामा महालक्ष्मी नगरपालिकाको कार्यक्रममा एक दिने फाइजर बायोएनटेक खोप दिने बारे स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण कार्यक्रम इमाडोल ललितपुरमा सम्पन्न भएको थियो।