कञ्चनपुर ,१५ भाद्र २०७७
कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा सोमबार औपचारिक कार्यक्रमका साथ सघन उपचार ( ICU) सेवा संचालन भएको छ।
अस्पताल स्थापना गरिएको झण्डै ६ दशकपछि अत्याधुनिक सुविधा सहितको सघन उपचार कक्ष (आईसियू) सञ्चालनमा आएको हो ।
आईसियु सेवा, थाइराइड मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य निरुदेवी पालले अस्पताल सुधारका लागि पहल थालिने बताईन् ।
‘लामो समयपछि हामी आईसियू सेवा संचालन गर्न सफल भएका छौँ, ‘उनले भने, ‘अस्पताल सुधारका लागि सबैको सहयोग अपरिहार्य छ ।’
अस्पताल सुधारकै लागि आफुहरुले नेतृत्व लिएको बताउँदै अपुग जनशक्ति उपकरण थप गरेर पनि अस्पताल सुधार गरिने महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्ट ” किरण” ले बताए । आईसियू सेवा सञ्चालन भएसंगै यस क्षेत्रका बिरामी लाभाविन्त हुने छन् । यस अघि आईसियू सेवा सञ्चालन नहुँदा भारतीय अस्पताल र जिल्ला बाहिर उपचारका लागि जानु पर्ने बाध्यता थियो ।
सघन उपचार ( ICU) सेवा संचालनमा नागरिक सरोकार समुह कंचनपुरको पनि अहम भूमिका रहेको भट्टले बताए।
Comments 1