कञ्चनपुर, १९ जेठ २०७८
सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित रहेको महाकाली अस्पताललाई अब माहाकाली प्रादेशिक अस्पताल बनाउने निर्णय भएको छ।
बुधबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पूर्णा जोशीले जानकारी दिनुभयो।
यसअघि महाकाली अस्पताल मात्रै नाम रहेकोमा अब महाकाली प्रादेशिक अस्पताल हुने भएको छ।
Comments 2