कञ्चनपुर , १८ वैशाख २०७८
महाकाली अस्पतालले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले एक सुचना जारी गर्दै विभिन्न पदका लागि २५ जना कर्मचारीको माग गरेको छ।
अस्पतालले जनरल फिजिसियन,एनेस्थेसियोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट ल्याव टेक्निसियन लगायतका २५ कर्मचारीको माग गरेको हो। उक्त कर्मचारी सेवा करारको लागि हो।
अस्पतालले इच्छुक कर्मचारीलाई एक हप्ता भित्र आवेदन पेस गर्न आग्रह गरेको छ।
Comments 2