महेन्द्रनगर , ०१ चैत्र २०७७
दार्चुलामा दुर्घटनामा परी घाइते भएकी एक महिलाको महाकाली अस्पतालमा ८ घण्टा लामो शल्यक्रिया सफल भएको छ।
यही चैत्र २२ गतेका दिन नयाँ गाडी किनेर यात्रामा निस्किएका एकै परिवारका ७ जना सदसयहरू जीप दुर्घटनामामा परी ३ जनाकाे घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भीर रूपमा घाइते भएका थिए र २ जना सदस्यकाे नजिकै को स्वास्थ्य केन्द्र मा सामान्य उपचार गरिएको थियो।
गम्भीर रूपले घाइते भएकी ७५ वर्षीया महिलालाई महाकाली अस्पतालकाे आइसियु (ICU) मा राखी उपचार भइरहेको रहेकाे थियो । उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएपछि २९ गते शनिबार बिहान ११ बजे सुरु गरिएको शल्यक्रिया बेलुकी ७:०० बजे सफतापूर्वक सम्पन्न भएको थियो।
उक्त महिलाकाे दुबै खुट्टाकाे हड्डीहरु टुक्रा टुक्रा भएर सबैलाई मिलाएर जोड्नु निकै नै कठिन भएकाले अप्रेशन समय लम्बिएको थियो भने ७५ वर्षिया वृद्धा अवस्थाका बिरामीलाई ८ घन्टा सम्म बेहोस पार्नु पनि निकै चुनौती रहेकाे महाकाली अस्पतालका एनेस्थेसिया तथा आइसियु विभागिय प्रमुख बिशेषज्ञ डा. बिरेन्द्र सिंह बुडालले जानकारी दिनुभयो।