कंचनपुर, ०१ पुष २०८०
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा चार जना विशेषज्ञ डाक्टर थपिए संगै अब ११ जना चिकित्सकले नियमित सेवा दिने भएका छन् ।
आइतबार महाकाली प्रादेशिक अस्पतालमा बालरोग बिशेषज्ञ, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, एडिजीपी र दुई जना रेडियोग्राफर थपिएका हुन ।अस्पतालको करार दरबन्दीमा चार विशेषज्ञ सहित छ जना डाक्टर थपिएको अस्पतालका अध्यक्ष कृष्ण भट्टले जानकारी दिनुभयो।
बालरोग बिशेषज्ञमा डा. नम्रता सिन्दान, जर्नल सर्जनमा डा. प्रयास न्यौपाने, एनेस्थेसियोलोजिष्टमा डा. मुकेश गामी, एमडीजीपीमा डा. योगेश भट्ट, रेडियोग्राफर परमेश्वरी पन्त र किरन ऐडी सहित ६ जना थपिएको अध्यक्ष भट्टले बताए।
करार दरबन्दीमा थपिएका चार बिशेषज्ञ डाक्टर सहित ६ जनालाई आज अस्पतालमा स्वागत गरेको थियो।
अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, गाइनो एक, अर्थोपेडिक सर्जन दुई र इएनटी एक गरि सात जना बिशेषज्ञ डाक्टर पहिले देखि नै कार्यरत छन् ।