काठमाडौं, ३१ असार २०८२
नेपाली औषधि क्षेत्रमा नवीन सोच र प्रविधिको परिचायक बनेको म्याग्नस फार्मा अब नेपालमै पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन गर्ने कम्पनी बनेको छ । पहिलोपटक म्याग्नसले ‘मोमेकोर’ ब्रान्ड नाममा बजारमा ल्याइएको यो औषधि स्वदेशमै उत्पादन गरेको हो ।
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल् स्प्रे सामान्यत एलर्जिक राइनाइटिस, नाकका पोलिप्सजस्ता समस्याका लागि प्रयोग गरिन्छ ।
यो औषधि पहिले पूर्ण रूपमा विदेशबाट आयात गरिँदै आएकोमा म्याग्नसले स्वदेशमै यसको उत्पादन थालेसँगै औषधि आत्मनिर्भरता तर्फ नेपालले एक महत्वपूर्ण पाइला चालेको विश्वास गरिएको छ ।
अहिलेसम्म यस्तो औषधी पूर्ण रूपमा विदेशबाट आयात हुने गरेको थियो । आयात गर्नु पर्ने औषधी म्याग्नस फार्माले स्वदेशमै उत्पादन सुरु भएपछि नेपाललाई यस खालको औषधी आत्मनिर्भरता तर्फ लग्ने एक महत्वपूर्ण पाइला भएको विश्वास लिइएको छ।
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गरेको र यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेको बताए । हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधीहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध रहेको पनि उनले बताए।
नेपाली फार्मास्युटिकल क्षेत्रमा हालसम्म न्याजल् स्प्रे उत्पादन नै नरहेको अवस्थामा म्याग्नसको यो कदमले नयाँ आयाम थपिएको छ ।