काठमाडौं, २० साउन २०७९
लुम्बिनी प्रादेशिक अस्पतालबाट १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। ।
आर्थिक बर्ष २०७८ साउन देखि २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन।
अस्पतालमा ८५ सय ४५ जना नर्मल डेलिभरि र ४३ सय ६६ जनालाई अप्रेशन वाट सुत्केरी भएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो।
डा. ढकालका अनुसार अस्पतालमा सबै सेवा बिस्तार भैरहेको छ, अस्पतालमा सेवा लिनेको भिड रहेकोले संख्या भन्दापनि गुणस्तरीय छिटो छरितो सेवा अस्पताले दिइरहेको छ। अस्पताल सबै बिभागबाट सेवा लिनेको संख्या २ लाख ८३ हजार बढी रहेका छन्।