Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लोकसेवा आयोगले योग्यता नपुगेका व्यक्तिलाई कन्सल्टेन्ट नियोनेटोलोजिस्टमा सिफारिस

Nam Raj Bhatta by Nam Raj Bhatta
July 4, 2022
in News
Reading Time: 1 min read
A A
0
लोकसेवा आयोगले योग्यता नपुगेका व्यक्तिलाई कन्सल्टेन्ट नियोनेटोलोजिस्टमा सिफारिस
597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २० असार २०७९

लोकसेवा आयोगले  एक महिना अगाडि नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै सिफारिस रद्द र छानबिनको माग गर्दै आयोगमा निवेदन परेको छ।

आयोगले विज्ञापन नम्बर १७२४८/०७८–७९ ( खुल्ला) नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन आव्हान गरेको थियो। उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने आयोगले उल्लेख गरेको थियो।

received 1112451035973573

उक्त पदमा सिफारिस भएका डा. प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेको हो।

नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा. थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। यस्तै, उनीहरुले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए। हेल्थ न्यूज नेपालले नेपाल मेडिकल काउन्सिलमा बुझ्दा डा. थापाको एमडी पेडियाट्रिक मात्रै भएको बताए।

Lok sewa aayog

एक चिकित्सकले भने, डा. थापाको नियुक्त कसरी भयो भन्ने विषयमा जानकारी माग गर्दै सूचनाको हक प्रयोग गरी हामीले आइतबार लोकसेवामा निवेदन दिएका हौं। अदालतमा छानबिन प्रक्रियाको मागका लागि रिट दायर गर्ने तयारी पनि अघि बढेको छ।

received 448272910477088

यसै पदका लागि आयोगले एम्स दिल्लीबाट नियानेटोलोजी विषयमै ५ वर्षे डीएम पढेर आएका डा. धिरेन्द्रप्रसाद यादवको भने आवेदन भने अस्वीकार गरेको थियो।

डा. यादबले भने ‘विज्ञापनमा उल्लेख भएअनुसार नै दिल्लीस्थित एम्सबाट नियोनेटोलोजीमा डीएम गरेको थिएँ, मैले आवेदन गरेपछि समकक्षता मागियो। तर त्यो ल्याउन ढिलाइ भयो। सोहीकारण मेरो आवेदन अस्वीकार गरियो । तर मैले पछि थाहा पाएँ, जसलाई सिफारिस गरिएछ, उहाँको त एमडी पेडियाट्रिक्समात्रै रहेछ।

डा. यादवले भने झुक्याएर आवेदन आव्हान गरिएको र गलत प्रक्रियाबाट सिफारिस गरिएको भन्दै सिफारिस रद्द गर्न माग गर्दै लोकसेवामा निवेदन दिइएको बताए। लोकसेवाबाट कुनै प्रक्रिया अघि नबढे अदालत जाने बारेमा पनि तयारी भइरहेको उनले बताए।

विज्ञापनमा न्युनतम योग्यता एमडी पेडियाट्रिक्स नै भनिएको भए थुप्रै चिकित्सकले आवेदन दिने उनको भनाइ छ। डा. यादवले पनि एमडी पेडियाट्रिक्स मनिपाल कलेजबाट गरेका हुन्।

एमडी पेडियाट्रिक्सको आवेदन स्वीकार गर्दा सोही शैक्षिक योग्यता भएको आफ्नो आवेदन अस्वीकार गर्नुको कारण खोजिरहेको डा. यादवले बताए। यसबारेमा लोकसेवामा सोध्दा ‘प्रक्रियामा छौं सिफारिस खारेज गर्छौं’ भनेर जवाफ पाउने गरेको उनले बताए।

लोकसेवा आयोगले पनि उक्त सिफारिस रद्द गर्न माग गर्दै निवेदन परेको छ। आयोगको सिफारिस शाखाका जीवन शर्माले भने, छानबिनका लागि निवेदन परेको छ र फाइल अघि बढ्ने क्रममा छ। बोर्डले जे निर्णय गर्छ, त्यहीअनुसार हुन्छ। यस अघि मौखिक रुपले भन्न सकिने अवस्था नभएको उनले बताए।

Tags: #government of NepalCorona Virus #Covid19Dr. Prakash thapaLok sewa aayog
SummarizeShare246ScanTweet146

Related articles

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

by Nam Raj Bhatta
March 23, 2026
0

नयाँ बानेश्वर स्थित काठमाडौं क्यान्सर सेन्टर भक्तपुरले आफ्नो सेवा विस्तार गर्दै नयाँ सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने उद्देश्यले क्लिनिकको सोमबार...

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

by Nam Raj Bhatta
March 23, 2026
0

वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने...

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.