Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

लोकसेवा आयोगले योग्यता नपुगेका व्यक्तिलाई कन्सल्टेन्ट नियोनेटोलोजिस्टमा सिफारिस

Nam Raj Bhatta by Nam Raj Bhatta
July 4, 2022
in News
A A
0
लोकसेवा आयोगले योग्यता नपुगेका व्यक्तिलाई कन्सल्टेन्ट नियोनेटोलोजिस्टमा सिफारिस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २० असार २०७९

लोकसेवा आयोगले  एक महिना अगाडि नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै सिफारिस रद्द र छानबिनको माग गर्दै आयोगमा निवेदन परेको छ।

आयोगले विज्ञापन नम्बर १७२४८/०७८–७९ ( खुल्ला) नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन आव्हान गरेको थियो। उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने आयोगले उल्लेख गरेको थियो।

received 1112451035973573

उक्त पदमा सिफारिस भएका डा. प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेको हो।

नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा. थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। यस्तै, उनीहरुले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए। हेल्थ न्यूज नेपालले नेपाल मेडिकल काउन्सिलमा बुझ्दा डा. थापाको एमडी पेडियाट्रिक मात्रै भएको बताए।

Lok sewa aayog

एक चिकित्सकले भने, डा. थापाको नियुक्त कसरी भयो भन्ने विषयमा जानकारी माग गर्दै सूचनाको हक प्रयोग गरी हामीले आइतबार लोकसेवामा निवेदन दिएका हौं। अदालतमा छानबिन प्रक्रियाको मागका लागि रिट दायर गर्ने तयारी पनि अघि बढेको छ।

received 448272910477088

यसै पदका लागि आयोगले एम्स दिल्लीबाट नियानेटोलोजी विषयमै ५ वर्षे डीएम पढेर आएका डा. धिरेन्द्रप्रसाद यादवको भने आवेदन भने अस्वीकार गरेको थियो।

डा. यादबले भने ‘विज्ञापनमा उल्लेख भएअनुसार नै दिल्लीस्थित एम्सबाट नियोनेटोलोजीमा डीएम गरेको थिएँ, मैले आवेदन गरेपछि समकक्षता मागियो। तर त्यो ल्याउन ढिलाइ भयो। सोहीकारण मेरो आवेदन अस्वीकार गरियो । तर मैले पछि थाहा पाएँ, जसलाई सिफारिस गरिएछ, उहाँको त एमडी पेडियाट्रिक्समात्रै रहेछ।

डा. यादवले भने झुक्याएर आवेदन आव्हान गरिएको र गलत प्रक्रियाबाट सिफारिस गरिएको भन्दै सिफारिस रद्द गर्न माग गर्दै लोकसेवामा निवेदन दिइएको बताए। लोकसेवाबाट कुनै प्रक्रिया अघि नबढे अदालत जाने बारेमा पनि तयारी भइरहेको उनले बताए।

विज्ञापनमा न्युनतम योग्यता एमडी पेडियाट्रिक्स नै भनिएको भए थुप्रै चिकित्सकले आवेदन दिने उनको भनाइ छ। डा. यादवले पनि एमडी पेडियाट्रिक्स मनिपाल कलेजबाट गरेका हुन्।

एमडी पेडियाट्रिक्सको आवेदन स्वीकार गर्दा सोही शैक्षिक योग्यता भएको आफ्नो आवेदन अस्वीकार गर्नुको कारण खोजिरहेको डा. यादवले बताए। यसबारेमा लोकसेवामा सोध्दा ‘प्रक्रियामा छौं सिफारिस खारेज गर्छौं’ भनेर जवाफ पाउने गरेको उनले बताए।

लोकसेवा आयोगले पनि उक्त सिफारिस रद्द गर्न माग गर्दै निवेदन परेको छ। आयोगको सिफारिस शाखाका जीवन शर्माले भने, छानबिनका लागि निवेदन परेको छ र फाइल अघि बढ्ने क्रममा छ। बोर्डले जे निर्णय गर्छ, त्यहीअनुसार हुन्छ। यस अघि मौखिक रुपले भन्न सकिने अवस्था नभएको उनले बताए।

Tags: #government of NepalCorona Virus #Covid19Dr. Prakash thapaLok sewa aayog
Nisarga hospital Dhangadhi
Previous Post

भरतपुर अस्पतालका मेसु डा. पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा

Next Post

Free Geriatric Camp and Psychological Counseling held at Ni:Sahaya Sewa Sadan

Related articles

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

7 hours ago
812
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

11 hours ago
802
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

13 hours ago
828
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

1 day ago
778
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
News

प्रसूतिगृह अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै

1 day ago
787
प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण
News

प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण

2 days ago
911
Next Post
Free Geriatric Camp and Psychological Counseling held at Ni:Sahaya Sewa Sadan

Free Geriatric Camp and Psychological Counseling held at Ni:Sahaya Sewa Sadan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,095)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...