काठमाडौं , ०६ साउन
४ महिना अर्थात १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।
कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो। सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार गर्नुपर्ने छ।
यस्तै मन्त्रिपरिषदले १५ साउन देखि होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको छ । लामो दुरीको यातायातको सेवाहरु आगामी १ भदौबाट सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।अन्तर्राष्ट्रिय खेलहरु पनि भदौ १ बाट सुरु गर्ने भएको छ। सबै सेवाका कार्यहरू गर्दा २ मिटरको दुरीबाट गर्ने , मास्क स्यानेटाइजर लगाउन पर्छ।
१ भदौबाटै आन्तरिक तथा बाहिय हवाई उडान गर्ने निर्णय गरेको छ ।सरकारले स्कुल तथा कलेज सम्बन्धिको पठनपाठन पनि सुरु गर्ने भएको छ। जोर बिजोर नियम लागूलाई भने हटाइएको छ।
के केमा प्रतिबन्ध कायमै छ ?
नेपाल सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।