काठमाडौं, ११ चैत्र २०७९
लायन्स क्लब अफ काठमाडौं रेडियन्स अ स्पेसियालिटी क्लब अफ मेडिकल डक्टर्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित भएका छन्।
क्लबको अध्यक्षमा डा. बस्नेत सर्वसम्मतिले निर्वाचित भएका हुन्। पहिलो उपाध्यक्षमा डा. एलिना कार्की, दोस्रो उपाध्यक्षमा डा. एलिसा महर्जन र तेस्रो उपाध्यक्षमा डा. एकराज दाहाल निर्वाचित भएका छन्।
सचिवमा डा. मनिष थापा, कोषाध्यक्षमा डा. रेश्मा ढकाल लामिछाने, सह सचिवमा डा. अन्जली साह, सह कोषाध्यक्षमा डा. राकेश साह, सर्भिस प्रमुखमा डा. किरण डोजु, मार्केटिङ प्रमुखमा डा. शिवानन्द साह र मेम्मरसिप प्रमुखमा डा. सुजित श्रेष्ठ चयन भएका छन्।
नयाँ कमिटिको कार्यकाल एक वर्षको रहनेछ। लायन्स क्लब अफ काठमाडौं रेडियन्स अ स्पेसियालिटी क्लब अफ मेडिकल डक्टर्समा एक सयभन्दा बढी विशेषज्ञ चिकित्सक आवद्ध रहेको डा. बस्नेतले जानकारी दिए। लाउन्स क्लब अफ काठमाडौं रेडियन्स डिस्ट्रीक 325 – G अन्तर्गत पर्ने र संस्था मार्फत चिकित्सकहरुले पनि सामाजिक कार्यमा योगदान गर्न सक्ने भन्दै उक्त कमिटि गठन गरिएको डा. बस्नेतले बताए।