काठमाडौं, २१ चैत्र २०७९
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त भएका छन्।
गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भण्डारीलाई परिषद्को निमित्त रजिष्ट्रारको कार्यभार दिएको थियो।
जनस्वास्थ्य निरीक्षक भण्डारी टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थिए। यसअघि परिषद्को रजिष्ट्रारमा रहेका पुष्पराज खनालको तीन वर्षे कार्यकाल गत १३ फागुनमा सकिएको थियो।