ललितपुर , १८ असार
ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेसँगै ललितपुुरमा हालसम्म १७ जनामा संक्रमण देखिएको छ ।
संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो ।
हिजो बुधबार पुष्टि भएका संक्रमितहरुमा सातदोबाटोका ३४ वर्षिय महिला, थसीखेलका ३३ वर्षिय महिला र हात्तीवनका २४ वर्षिय महिला रहेका छन् ।
सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा . गेलालले जानकारी दिए । उनका अनुसार चापागाउँका ६६ वर्षिय पुरुष र लुभुका २३ वर्षको महिलामा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो ।