महेन्द्रनगर , ०२ फाल्गुन २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलाली को आयोजनामा ५ दिने प्रयोगशाला कर्मीहरुको लागि आधारभूत तालिम सम्पन्न भएको छ ।
२८ माघ २०७७ देखि ०२ फाल्गुन २०७७ सम्म स्वास्थ्य कार्यालय कन्चनपुरको प्रयोगशाला भवनमा सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट प्रयोगशालामा काम गरि रहेका स्वास्थ्यकर्मीहरुको लागि आधारभूत तालिम आयोजना गरिएको कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढ़ीका बरिष्ठ ल्याब असिस्टेन्ट श्री झरेन्द्र सिंहले जानकारी दिनु भएको छ ।
प्रदेश अन्तर्गतका सरकारी स्वास्थ्य संस्था हरुमध्ये १८२ वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भै सकेको उक्त तालिम समापान समारोहमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।

साथै उँहाले स्थानीय तहले बिभिन्न स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरी सेवा दिनु गर्नु सकारात्मक कुरा भए पनि उक्त प्रयोगशाला बाट दिनु पर्ने सेवा गुणस्तरिय हुनु पर्ने भएकोले प्रयोगशालाकर्मिहरुको क्षमता अभिब्रिधि गर्नको लागि प्रदेश सरकारको श्रोत बाट ५ दिने तालिमको पाठ्यक्रम निर्माण गरि तालिम संचालन गरिएको बताउनु भएको छ । निकट भबिष्यमा पनि प्रदेश भित्रका सबै ल्याब कर्मीहरुको क्षमता अभिबृद्धिको लागि योजना बनाइरहेको र प्रयोगशाला बाट प्रदान गरिने सेवा गुणस्तरीय हुनको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हर सम्भव प्रयास गर्ने कुरामा समेत जोड दिनु भएको छ ।
Comments 1