काठमाडौं, १५ वैशाख २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालालाई निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक सूचना सार्वजनिक गर्दै केही निजी प्रयोगशालाले तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क लिएको गुनासो आएकाले सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन निर्देशन दिएको हो ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।
सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ ।
Comments 2