काठमाडौं, ७ भाद्र २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘ए’ वर्गका १४ वटा प्रयोगशालाहरुको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा ‘ए’ वर्गका प्रयोगशालाहरुमध्ये अधिकांश मापदण्ड विपरीत सञ्चालित रहेको पाइएको छ।
अनुगमनका क्रमममा स्वास्थ्य मन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एण्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेएर प्रयोगशालाको अनुगमन गरेका हुन् । मन्त्री बस्नेतले अनुगमन गर्ने क्रममा ‘ए’ वर्गमा प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौं १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन् ।
स्वास्थ्य मन्त्री बस्नेतले ‘ए’ वर्गका भनिएका अधिकांश प्रयोगशाला मापदण्ड विपरीत रहेको बताएका छन् । ‘ए’ वर्गका १४ वटा ल्याब परीक्षण गर्दा अधिकांश मापदण्डविपरीत रहेको पाइएपछि मन्त्री बस्नेतले अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासंगै अस्पताल, फार्मेसी तथा उपकरणसमेतको अनुगमनलाई तीब्रता दिइएको बताएका छन् । अनुगमनका क्रममा सरसफाइ नभएको , बडापत्रमा मुल्यसुची नराखिएको पाइएको थियो ।
सुरिया हेल्थकेयर प्रयोगशालामा भने कम्प्लेक्सको तेस्रो तल्लामा प्रयोगशाला राखिएको र प्रयोगशालाको वातावरण अशान्त भएको पाइएयो । उक्त प्रयोगशाला बाहिर म्युजिक बजिरहेको थियो ।
प्रयोगशालामा भएका कोठाहरु पनि स–साना थिए । त्यस्तै ‘ए’ वर्गको प्रयोगशालामा तीनजना मात्र कर्मचारी रहेको मन्त्री बस्नेतले बताए काछन् । अनुगमनपछि मन्त्री बस्नेतले कतिपय विदेशमा पठाएर गरिने ल्याब परीक्षण सम्भव भएसम्म नेपालमै गर्नको लागि उपकरणको व्यवस्था गर्ने बताएका छन् ।
उक्त प्रयोगशालामा कर्मचारीको हाजिरीको विवरण समेत नराखिएको मन्त्री बस्नेतको भनाइ छ । अनुगमनमा मन्त्री बस्नेतसहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा लगायतको टोली संलग्न रहेको थियो।