काठमाडौँ, २६ जेठ २०८०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुस सहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो ।
शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित भट्टराई पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।