काठमाडौं, ३१ बैशाख २०८०
१०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ। यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
महानगरका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन।’
नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालनमा ल्याएको सो एम्बुलेन्सले निःशुल्क सेवा दिदै आएको छ।