बिराटनगर २६, बैशाख
विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेको उदयपुर त्रियुगा नगपालिका ३ भुल्केबाट संक्रमित भएर आएका थप ८ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् ।
सन्क्रमितको पहिलो, दोस्रो र पछिल्लो तेस्रो पटकको पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट डा.सङ्गिता मिश्राले जानकारी दिनु भयो।
अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३० पुगेको छ भने ७१ जना विभिन्न अस्पतालहरुमा उपचार गरिरहेका छ्न। उनिहरुको अवस्था पनि सामान्य रहेको छ। नेपालमा अहिलेसम्म १०१ जनामा कोरोना सन्क्रमित पुष्टि भएको छ।