विराटनगर २४ बैशाख
प्रदेश न१ कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमितमध्ये छ जनाको पछिल्लो तीन रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई आज डिस्चार्ज गर्ने कोशी अस्पतालकि मेसु डा.सङ्गिता मिश्राले जानकारी दिनु भयो।
यसअघि प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार बेलुका पत्रकार सम्मेलन गरी छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिएका थिए । गत वैशाख ५ र ६ गते उदयपुरको भुल्केबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको पछिल्लो तीन चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज डिस्चार्ज गरिने सबै भारतीय नागरिकहरु हुन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालका मे.सू. डा. मिश्राले जानकारी दिइन । डिस्चार्ज पछि उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।