किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य उपचार भइरहेको अस्पतालले जनाएको छ ।
बुधबार उपसभामुख ठाकुर स्वास्थ्यमा समस्या भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन् । अस्पतालले आकस्मिक विभागका प्रमुख प्रा.डा.कविता हाडा बाटाजु र उनको टोलीको संलग्नतामा उपचार पश्चात उपसभामुख ठाकुरको अवस्था स्थिर गराइएको जनाएको छ ।
अस्पतालले ठाकुरको थप अनुसन्धानका लागि रगत परीक्षण, सिटिस्क्यान र अल्ट्रासाउण्ड गरिएको जनाएको छ । अस्पतालले उपसभामुख ठाकुरलाई अलिहे क्याबिनमा भर्ना राखी मल्टीडिसिप्लेनरी विज्ञहरुको टोलीबाट उपचार भइरहेको छ।






