ललितपुर, २० माघ २०८२
ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालले विश्व क्यान्सर दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीहरुका लागि विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गर्ने भएको छ ।
अभियान अन्तर्गत सामान्य अंकोलोजी वार्डमा क्यान्सर सम्बन्धी उपचारका लागि आउने बिरामीलाई निःशुल्क ओपीडी परामर्श सेवा र निःशुल्क वेड सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ ।
यो अभियान ४ फ्रेबुअरी २०२६ देखि शुरु भएर २८ फ्रेबुअरी २०२६ सम्म सञ्चालन हुनेछ । क्यान्सरजस्तो गम्भीर रोगको समयमै पहिचान, उपचार र सेवा पहुँच विस्तार गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।
यस अभियानबाट आर्थिक रुपमा कमजोर र उपचारको पहुँचबाट टाढा रहेका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अस्पतालको विश्वास रहेको छ ।
किष्ट शिक्षण अस्पतालले स्वास्थ्य सेवा, सचेतना, निःशुल्क उपचार कार्यक्रम तथा विभिन्न सामाजिक क्रियाकलापले समुदायप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्दै आएको छ।















