Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण

Nam Raj Bhatta by Nam Raj Bhatta
July 29, 2025
in News
A A
0
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, १३ साउन २०८२

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले असार महिनामा मात्रै ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अगाडी केन्द्रको आफ्नै एक इन्च भवन नभएको र कर्मचारीहरुको न्युनतम पारिश्रमिकताका बाबजुत केन्द्रले देशको दुई तिहाइ प्रत्यारोपण गर्ने गरेको बताए।

अहिले केन्द्रले भक्तपुर अस्पतालले उपलव्ध गराएको भवनमा सेवा दिन बाध्य छ । बिरामीको चापका कारण सो भवन अहिले साँघुरो भएको छ । सेवामा गुणस्तरीय भएतापनी भवन नहुदा उपचार गर्न अप्ठ्यारो भएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण समेत भएको थियो ।

यस्तैगरी सोही आर्थिक वर्षमै एक जना मस्तिष्क मृत ब्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।

केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका १८६ बिरामीहरुको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको रहेका छन् । (झण्डै ८० प्रतिशत) ग्रहण कर्ताहरुको उमेर समूह २० देखि ४९ वर्षको रहेको छ ।

यस्तै मिर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करीब (७३ प्रतिशत) र ५० जना महिला ( करीब २७ प्रतिशत) महिला छन् । अंगदाताहरुमा १३० जना जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष ( ३० प्रतिशत) छन् ।

गत आर्थिक वर्षमा देशको सात प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका विरामीहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, मधेश प्रदेश बाट १० प्रतिशत, सुदुर पश्चिम प्रदेशबाट २ प्रतिशत र कर्णाली प्रदेशबाट ५ प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए

केन्द्रमा देशको विभिन्न भु(भागबाट सबै जातजातीहरु प्रत्यारोपणको लागि आउने गरेका छन् जसमा आदीबासी जनजातीहरु सबैभन्दा धेरै ५२ प्रतिशत, ब्रामण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुश्लिम २ प्रतिशत प्रत्यारोपण भएको छ ।

केन्द्र स्थापनाको १३ वर्ष पुगेको छ । यस अवधीमा मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सकको रुपमा परिचित कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा हाल सम्म १ हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ ।

डा श्रेष्ठका अनुसार सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको छ । ती प्रदेशहरुमा बागमती, गण्डकी, कर्णली, लुम्बिनी रहेका छन् । बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ ।

तर प्रत्यारोपणको लागि आवश्यक विशेषज्ञ जनशक्ति तालीम दिनको लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा भएको छैन । यस्तै उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र स्वयंले ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको डा श्रेष्ठले बताए ।

केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको जग्गा, सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका ८ नं सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा उपयुक्त हुने बताएको छ । ती ठाउँमा जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भबन बनाई वर्षेनी ५०० जना सम्मको मिर्गौला प्रत्यारोपण र कम्तीमा ५० जनाको कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । जसबाट देशको अरबौ रुपैयाँ बचत हुने समेत देखिन्छ ।

Tags: Dr. Pukar ShresthaSahid Dharmabhakta National Transplant Centre
Nisarga hospital Dhangadhi
Previous Post

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

Next Post

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

Related articles

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त
News

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

1 hour ago
783
वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि
News

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

17 hours ago
827
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
News

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना

1 day ago
784
डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी
News

डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी

3 days ago
1.1k
चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
News

चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति

3 days ago
798
विद्यार्थीका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्री पौडेलसँग माग
News

विद्यार्थीका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्री पौडेलसँग माग

4 days ago
778
Next Post
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,164)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.