काठमाडौं, २३ असार २०७९
अभिभावक सहकारी समाज लिमिटेडको २५ औं वर्षको रजत जयन्तीको अवसरमा मार्क इन्टरनेशनल किड्नी सेन्टर लाजिम्पाटको आयोजना एक दिने वृहत नि: शुल्क मृगौला परीक्षण शिविर हुने भएको छ।
शनिबार मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष एवम् मृगौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाको नेतृत्वमा असार २५ गते विहान ८ बजे देखि अपरान्ह १२ बजे सम्म नक्साल स्थित अभिभावक सहकारी समाज लिमिटेड (असली) मण्डपको पहिलो तलामा शिबिर हुन लागेको हो।
डा. राणाले मृगौला परीक्षण सम्बन्धि निशुल्क शिविर नेपाल भरि गर्दै आउनुभएको छ।