काठमाडौं, १२ असार २०७९
मृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ स्थापना भएको किड्नि केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग सहयोग गरेको छ ।
आईतबार आयोजित कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गर्नु भएको छ ।
उक्त कार्यक्रममा बोल्दै महिला लघु वित्तिय संस्थाका सिईओ कृष्णप्रसाद न्यौपानेले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा पनि सर्वसुलभ मुल्यमा मृगौला जाँच र विज्ञ चिकित्सकबाट निःशुल्क जाँच गर्ने अभियानबाट प्रभावित भएको चर्चा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किड्नी केयरलाई पाँच लाख नगद आर्थिक सहयोग गरिएको बताउनु भयो ।
उहाँले एक सय रुपैंयामा मृगौला जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी वर्ष एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले आर्थिक सहयोग प्रदान गरेकोमा महिला लघुवित्त वित्तिय संस्थालाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गर्नुभयो । उहाँले प्राप्त रकमको काठमाडौं तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने जानकारी दिनुभयो ।
डा. कुँवरले सेवालाई काठमाडौं उपत्यका भित्र शाखाहरु सञ्चालन गरि सेवा विस्तार गर्ने योजना रहेको बताउनु भयो ।
नेपालमा वार्षिक ३ हजार भन्दा बढी व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ ।