काठमाडौं, ७ पुष २०८१
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं इकाईले २०औं इकाइ अधिवेशन भव्य रूपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट कोश राज अवस्थी अध्यक्ष पदमा निर्वाचित भएका छन्। अवस्थीको अध्यक्षतामा २ वर्ष कार्यकालको लागि नयाँ कार्यसमिति बनेको छ।
कार्यक्रममा संघका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सक्रिय बनाउँदै औषधि क्षेत्रका मुद्दाहरूमा प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको छ।
संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजिव कुमार कर्ण, उपाध्यक्षमा मनिश मल्लिक र सचिवमा बिनय रोक्का निर्वाचित भएका छ्न।
यस्तै सहसचिवहरूमा चक्र रिमाल र राज कुमार ठाकुर, कोषाध्यक्षमा सुदर्शन ढकाल र सह-कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छ्न।
यस्तैगरी कार्यकारी सदस्यहरूमा समीर जैसवाल, अतिश तिवारी, रञ्जित कुमार प्रसाद, अर्जुन सिलवाल र आशिष चौलागाईं रहेका छन् ।
नव निर्वाचित अध्यक्ष अवस्थीले औषधि तथा बिक्री प्रतिनिधिहरूको समस्या समाधान गर्न आफ्नो नेतृत्वलाई नीतिगत तथा व्यावहारिक रूपमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नवगठित कार्यसमितिले संगठनको प्रतिष्ठा र योगदानलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ।
संघका सदस्यहरू तथा सहभागीहरूले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।