काठमाडौं,१५ भाद्र २०७७
पछिल्लो चौविस घण्टामा थप २९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा .जागेश्वर गौतमले सो जानकारी दिएका छन्।
उनका अनुसार काठमाडौँमा १९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा नयाँ संक्रमण देखिएको हो ।
यहि अवधिमा देशभर ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना संक्रमण देखिएको छ । डा गौतमले देशभर उपचाररतमध्ये १३२ जना आइसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो चौविस घण्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा यो नतिजा आएको डा. गौतमले बताए ।