काठमाडौं,१४ भाद्र २०७७
उपत्यकामा थप ४२९ जना सहित देशभर १ हजार २२१ जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ४२९ जनामा कोरोनाको पुष्टि भएको छ। काठमाडौंमा ३७२ , ललितपुर जिल्लामा १२ र भक्तपुरमा ४५ जनामा कोरोनाको पुष्टि भएको छ।
पछिल्लो चौविस घण्टामा देशभर १ हजार २२१ जनामा कोरोनाको पुष्टि भएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ जना पुगेका छन्।
पछिल्लो चौविस घण्टामा १४ जना कोरोना संक्रमण को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ।