काठमाडौं, २७ श्रावण २०७७
उपत्यकामा १३४ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३४ सहित ६३८ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौंमा ११०, ललितपुरका १६ र भक्तपुरका ८ जनासहित देशभर ६३८ लाई कोरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।
हाल देशभर ७ हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् । थप १७१ जना डिस्चार्ज भएसँगै हालसम्म १६ हजार ६६६ जना निको भएका छन् ।