काठमाडौं, २५ पौष २०७७
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं इकाईकाे आज भएको १८ओैं अधिवेशनको अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल निर्बाचित भएका छन्। उनका प्रतिद्वन्द्वी पुर्ब कार्यबाहक अध्यक्ष श्याम मण्डललाई ११ भोटले पछि पार्दै ढकाल विजयी भएका हुन ।

NMSRA का केन्द्रिय अध्यक्ष अनिल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा कार्यक्रमको संचालन सचिब अनिल खडकाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अतिथिको रुपमा पिडानका केन्द्रीय अध्यक्ष शिब राज बास्कोटा ,NCDA का केन्द्रीय महासचिव राम चन्द्र शर्मा, पिनका अध्यक्ष गान्धि प्रसाद शर्माले कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागि शुभकामना दिनु भएको थियो भने सहभागी लाई बरिष्ठ उपाध्यक्ष सुनिल बिक्रम चौधरीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
आज सम्पन्न अधिबेशनबाट अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल , बरिष्ठ उपाध्यक्षमा अनिल खड्का , उपाध्यक्षमा निकेश बज्राचार्य , सचिवमा निर्मल शेर्पाली निर्वाचित भएका छन।
त्यसैगरी सहसचिवमा दिनेश रिजाल , भुबन प्रसाद अधिकारी , कोषाध्यक्षमा एन्जल पौडेल , सहकोषाध्यक्षमा सन्तोष अधिकारी निर्बाचित भएका छन।
त्यस्तै सदस्यहरुमा कोषराज अवस्थी , सीताराम ठाकुर , विद्यान तामाङ , सिद्दार्थ गौतम र भोज बहादुर बानियाँ सर्बसम्मत निर्बाचित भएका छन ।
निर्बाचन नेतृत्व छनोटको एउटा प्रकृया भएपनि सबैलाई समेटेर अगाडि बढ्ने र बौद्धिक श्रमिकको पहिचान लाई अझ सशक्त गराउने आफ्नो भाबि योजना रहेको नब निर्बाचित ढकालले बताउनु भयो ।
अन्त्यमा संस्थालाई सबै साथीहरुको साझा संस्था बनाउने र श्रम ऐन २०७४ लाई कार्यान्यवनमा लाने गरि नयाँ कार्यक्रम सार्बजनिक गरिने नबनिर्बाचित सह सचिब दिनेश रिजालले बताउनु भयो ।















Comments 1