आज मिति : २०८२ भाद्र २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना

Nam Raj Bhatta by Nam Raj Bhatta
July 28, 2025
in News
A A
0
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ- ११ साउन २०८२

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपानलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।

पाण्डेका अनुसार साउन ९ गतेदेखि एक महिनासम्म यसबारे प्रचारप्रसार गरिनेछ भने भदौ १ गतेबाट कारबाही प्रक्रिया सुरु हुनेछ।

सार्वजनिक स्थानमा धूम्रपान गरेको पाइएमा पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ। दोहोर्‍याएर उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था छ।

प्रमुख पाण्डेले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि हाम्रो हटलाइनमा त्यस्तो गुनासो धेरै आएको थियो। अब निजी बाहेकका सबै स्थलहरूमा धूम्रपान निषेध गरिएको छ।’

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार सार्वजनिक स्थल

३. सार्वजनिक स्थल मानिनेः (१) देहायको स्थललाई सार्वजनिक स्थल मानिनेछ:–

(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनुपर्छ ।

(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर।
(२) उपदफा (१) मा उल्लिखित स्थलको अतिरिक्त कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ ।

४. सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुनेः (१) कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम धूम्रपान तथा सूर्ति सेवनको लागि छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु तोकिए बमोजिम हुनेछन्।

५. सूचना टास गर्नु पर्ने : व्यवस्थापकले आफुसग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउ“मा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टास गर्नु पर्नेछ ।

६. घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न हुँदैन ।

Tags: #smoking #disease #Kathmandu Metropolitan city
Nisarga hospital Dhangadhi
Previous Post

डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी

Next Post

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

Related articles

Health ministry
News

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

1 day ago
777
सहिद शुक्रराज अस्पताल ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढ्यो
News

एक वर्षमा ५ हजार बढीमा देखियाे स्क्रब टाइफस

1 day ago
778
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै
News

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै

2 days ago
790
क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै
News

क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै

3 days ago
834
इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

6 days ago
788
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

6 days ago
790
Next Post
वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,229)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.