काठमाडौं , ३१ असार
नेपालमा पछिल्लो चौविस घण्टामा थप ११६ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।
बिगत २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा . जागेश्वर गौतमले चौबिस घण्टामा ११६जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ११३ जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ५२७ जना रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।