भक्तपुर, ५ फागुन २०८०
क्यान्सरका बिरामीहरुको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले काठमाडौं क्यान्सर सेन्टर र नेपाल सिनियर केयर प्रालि बिच सहकार्य सुरु भएको छ।
सेन्टर र प्रालि बिच औपचारिक रुपमा एक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
नेपाल सिनियर केयर प्रालिले काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा अस्पतालबाट डिस्चार्ज पछि हेरचाह, क्यान्सर केयर, प्यालिएटिभ केयर, पेन म्यानेजमेन्ट, नर्सिङ केयर, शल्यक्रियापछिको हेरचाह र वृद्धवृद्धा हेरचाह लगायत सेवाहरूको दायरा प्रदान गर्ने र नेपाल सिनियर केयरका कर्मचारी तथा त्यहाँबाट काठमाडौं क्यान्सर सेन्टर रेफर गरिएका बिरामीहरूलाई विभिन्न सेवाहरूमा छुटहरू प्रदान गरिने सम्झौतामा उल्लेख छ।