काठमाडौं ,२७ भाद्र २०७७
काठमाडौं र भक्तपुरका उद्योगमा उत्पादित ५ओटा कम्पनीका उद्योगहरुमा विषाक्त रसायन भेटिएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गरी ती सेनिटाइजरको विक्री वितरण रोक्ने आदेश दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यस्तो पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
परीक्षणका क्रममा ती कम्पनीले उत्पादन गरेका स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषाक्त रसायन मिथानल भेटिएको विभागले जानकारी दिएको छ ।
काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सले र भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको सेनिटाइजरमा विषाक्त रसायन भेटिएको सूचनामा जनाइएको छ ।
Comments 1