डडेलधुरा २३, बैशाख
अमरगढी नगरपालीका इन्चार्ज करुणाकर ओझा डडेल्धुरा अस्पतालको अस्पताल बिकास समितिको अध्यक्ष पदमा नियुक्त भएका छन।
धेरै लामो समय देखि डडेल्धुरा अस्पतालमा बिकास समिति नहुंदा अन्यौल रहेकोमा मंगलबारबाट ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन।
ओझाले भने अब डडेल्धुरा अस्पताललाई एक नमुनाको रूपमा अगाडी बढाउदै लैजाने र जनता गुनासाहरु पूरा गर्ने प्रतिबद्धता गर्नेछु। यश अस्पतालमा सुदुरपश्चिमका ७ ओटा जिल्लाका बिरामीहरुले सेवा पाइरहेका छ्न।