सुर्खेत, २६ कार्तिक २०७७
कर्णाली प्रदेश अस्पतालमा नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले अस्पतालले पछिल्लोपटक दक्ष जनशक्ति सहित आवश्यक उपकरण विस्तारमा तिव्रता दिएको छ । अस्पतालमा लेजर न्युरो सर्जरी सम्बन्धि अप्रेशन सहज रुपमा गर्नको लागि लेजर प्रविधि मेशिन जडान गरिएको हो । करिब एक करोड २५ लाखको हाराहारीकोमा उक्त मेसिन जडान गरिएको हो ।
कर्णाली प्रदेश अस्पतालले बिरामीहरुको सहजताका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको जनाएको छ । होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीलाई सेवा प्रवाह गर्नमा थप सहज हुने अस्पतालले जनाएको छ । पहिले बिरामीको अप्रेशन गर्न ठुलो घाँउ बनाएर गर्नु पर्थ्यो । चिरफार धेरै गर्नुपर्दा रगत नोक्सान हुन्थ्यो । बिरामीलाई गाह्रो हुनुका साथै घाँउ निको हुन समय लाग्थ्यो ।
बिरामीको अस्पताल बसाई लामो हुन्थो । अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘लेजर पद्धतीबाट घाँउनै नवनाएर पनि अप्रेशन गर्न सकिन्छ । यदि घाँउ बनाउन परेपनि सानो हुन्छ । जसले गर्दा बिरामीलाई आराम हुन्छ । रगत नोक्सान हुँदैन ।’ उनकाअनुसार यस प्रकारको उपचार सुविधा यस क्षेत्रमा छैन ।
‘हामीले कर्णालीमा भित्राएका छौं,’ खड्का भन्छन्, ‘यसबाट बिरामीलाई उपचारमा आराम मिल्छ र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अप्रेशन गर्न सहज हुन्छ ।’ मेसिन जडानका लागि गत वर्ष डेण्डर गरिएको थियो । बिचमा लकडाउन भएकाले केहि ढिला हुन गयो । ‘सबै खाले सर्जरी पनि खास गरी ल्याप्रस्कोपी र न्युरो सर्जरीलाई अघि बढाउनमा क्षेत्रीय अस्पतालहुँदै प्रदेश अस्पतालमा अनबरत सेवा दिँदै आएका थियौं, हाल लेजर पद्धतीबाट गरिने लेजर यूरो सर्जरीको शुरुवात गरेका छौं ।
यसको श्रेय चिफ कन्सल्टेन्ट सर्जन प्रा.डा. गणेश थापालाई दिन चाहान्छु ।’ ,उनले भने, ‘लामो समय अप्रेशन गर्दै आउनु भएको उहालाई यसबारेमा राम्रो ज्ञान छ । अब नयाँ पद्धितिबाट सेवा प्रभाह गर्नका लागि उहाको अण्डरमा चारजनाको समुह छ ।