जुम्ला, २ असोज २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले अध्यापनका लागि प्राध्यापक तथा लेक्चरर करार सेवामा माग गरेको हो ।
प्रतिष्ठानले स्त्रीरोग, नाक कान घाँटी, आँखारोग, यौन तथा छालारोग लगायतका विशेषज्ञ चिकित्सकको माग गरेको छ।
त्यस्तै प्रतिष्ठानले फार्मेसी, माइक्रोबायोलोजी, नर्सिङलगायतका विषयमा पनि उपप्राध्यापकको माग गरेको छ भने फिजियोथेरापीका लागि एक जना लेक्चररको माग गरेको छ ।
प्रतिष्ठानका अनुसार असोज ७ गतेभित्र योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्।
Thanks for update