जुम्ला, १८ भदौ २०८०
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीन पदमा डा. प्रेनितकुमार पोखरेल नियुक्त भएका छन् ।
डा. पोखरेललाई प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नियुक्त गरेका हुन् । दन्तरोग विशेषज्ञ रहेका डा. पोखरेल यसअघि कान्तिपुर डेन्टल कलेजमा कार्यरत थिए ।
प्रतिष्ठानका तत्कालिन डीन डा. रमेश भट्टराईले राजिनामा दिएपछि डीन पद खालि रहेको थियो । डा. पोखरेल नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन्।