आज मिति : २०८२ भाद्र २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
August 17, 2025
in News
A A
0
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जुम्ला, ०१ भाद्र २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मृगौला रोगीका लागि डायलासिस सेवा औपचारिक रूपमा शुरु गरेको छ।

प्रतिष्ठानले यसअघि दुई पटक उद्घाटन भए पनि सेवा सुचारु गर्न नसकेकोले यसपटक सेवा सुरु गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाका अनुसार हाल दुईवटा डायलासिस मेसिनमार्फत सेवा सुरु गरिएको छ। बिरामीको संख्या बढ्दै जाने अनुमान भएकाले थप चारवटा मेसिन तयारी अवस्थामा राखिएको उनले बताए।

प्रतिष्ठानका उपकुलपति डा. रोकायाका अनुसार खत्याड-२ मुगु जिरकला बियारलाई पहिलोपटक डायलासिस सेवा प्रदान गर्दै औपचारिक रूपमा सेवा सुचारु गरिएको हो। रोक प्रतिष्ठानले यो सेवालाई निरन्तर र व्यवस्थित रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाए।

डा. रोकायाले भने, सेवा शुभारम्भलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै कर्णालीका जनतालाई आफ्नै क्षेत्रमै उपचार दिने हाम्रो संकल्प आज साकार भएको छ। अब राजधानी धाउनुपर्ने बाध्यता हटेको छ, यसले बिरामीलाई मात्र होइन परिवारलाई पनि ठूलो राहत दिनेछ,” उनले भने। यस सेवाले कर्णालीमै स्वास्थ्य सेवा आत्मनिर्भर बनाउने दिशामा ठोस कदम चालिएको छ।

प्रतिष्ठानकि नर्सिङ निर्देशक सविना थापाले पनि यस सेवाबाट कर्णालीका बिरामीले ठूलो राहत पाउने विश्वास व्यक्त गरिन। अहिलेसम्म मृगौला रोगीलाई डायलासिस गर्न काठमाडौँ वा नेपालगञ्ज जस्ता ठूला सहर धाउनुपर्ने बाध्यता थियो। अब भने यहीँ सेवा सुरु भएपछि दुर्गमका बिरामीलाई उपचारमा सहज हुनेछ,” उनले भनिन्।

थापाले यसअघि २०७९ साल साउन १८ गते पहिलो पटक डायलासिस सेवा उद्घाटन गरिएको थियो। तर, आवश्यक तयारी नपुगेका कारण सेवा सञ्चालनमा ल्याउन सकिएन। सोही सेवालाई २०८० साल भाद्र १४ गते तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतबाट दोस्रो पटक उद्घाटन गरिए पनि नियमित सञ्चालन हुन सकेको थिएन। यो पटक भने प्रतिष्ठानले मुगु जिल्ला निवासी एक बिरामीलाई डायलासिस गरेर सेवा वास्तविक रूपमा सुरुवात गरेको छ।

जुम्लाका स्थानीय तहका प्रतिनिधिहरूले पनि यस सेवाबाट कर्णालीका गाउँघरमा बस्ने सर्वसाधारणलाई ठूलो मद्दत पुग्ने बताएका छन्। आर्थिक, भौगोलिक र समयजन्य कारणले उपचार पाउन कठिनाइ भोगिरहेका बिरामीलाई अब प्रतिष्ठानमै नियमित डायलासिस सुविधा उपलब्ध हुने भएको छ।

प्रतिष्ठानकी निमित्त निर्देशक डा. सुबि बस्न्यातले डायलासिस सेवा सुरु हुनु प्रतिष्ठानको दीगो प्रगतिप्रति ठूलो कदम भएको उल्लेख गरिन्। “यो सेवा कर्णालीका जनतामात्र होइन, सम्पूर्ण संस्थाका लागि गौरवको विषय भएको उनले बताइन् । अब हामी आत्मनिर्भर स्वास्थ्य सेवातर्फ अघि बढिरहेका छौं।

त्यस्तै, प्रतिष्ठानको मेडिसिन विभाग प्रमुख डा. राजेन्द्रमणी गिरीले पनि सेवाको सुरुवातलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै उत्साह व्यक्त गर्नुभयो। अब हामीले बिरामीलाई निरन्तर डायलासिस सेवा दिन सक्नेछौं। कर्णालीमै उपचार सम्भव भएको देखेर हामी सबै चिकित्सकको मनोबल बढेको छ  उनले बताए।

विशेषगरी मृगौलाका दीर्घकालीन रोगीहरूलाई नियमित डायलासिस आवश्यक पर्छ। तर कर्णाली क्षेत्रका बिरामीहरू आर्थिक, भौगोलिक र यातायातजन्य कठिनाइका कारण समयमा उपचार लिन सकिरहेका थिएनन्। यही आवश्यकतालाई दृष्टिगत गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि तयारी गर्दै आएको यो सेवा सञ्चालनमा ल्याएको हो।

 

Tags: #karnali academy for health science
Nisarga hospital Dhangadhi
Previous Post

यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न

Next Post

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

Related articles

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा
News

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा

18 hours ago
782
Health ministry
News

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

2 days ago
779
सहिद शुक्रराज अस्पताल ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढ्यो
News

एक वर्षमा ५ हजार बढीमा देखियाे स्क्रब टाइफस

2 days ago
786
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै
News

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै

3 days ago
792
क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै
News

क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै

5 days ago
834
इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

7 days ago
788
Next Post
नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,230)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.