जुम्ला, १७ फागुन २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा.रावललाई कार्यबहाकको जिम्मेवारी दिएका हुन्।
बिगत चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपछि डा. रावलले कार्यवाहकको जिम्मेवारी पाएका छन।
डा. रावलले भने ‘मलाई कार्यवाहक जिम्मेवारी दिइएको पत्र प्राप्त भएको छ स्वास्थ्य प्रतिष्ठानको विकास र विस्तारमा निरन्तर खट्नेछु। ’डा. रावल विगत ६ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत थिए ।