काठमाडौँ, ३१ वैशाख ।
नेपालमा आज कपिलवस्तु र नेपालगञ्जमा गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षका पुरुषमा र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिनु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ भने कोरोनाको लडाइँ जितेर अर्थात निको भएर घर फर्किनेको संख्या ३५ पुगि सकेको छ।