कपिलवस्तु २५, बैशाख
कपिलवस्तुमा दुई जनाका कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु ८ का बर्ष १६ र २२ का दुई जना पुरुषमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।
सन्क्रमित दुबैको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो।
डा . अधिकारीका अनुसार अहिले ती संक्रमितहरुको अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको निगरानीमा रहेको जानकारी दिनु भएको छ।